नगरपालीकाकै कतिपय ठाउमा बिद्युत पुगेन ।।

साउन १२,रामेछाप
रामेछाप जिल्लामा नगरपालीकाकै कतिपय ठाउमा अझै बिद्युत पुग्न सकेको छैन । नगरपालीका घोषणा भए पछि बिकास निर्माणले गाति पाउनु पर्ने भए पनि रामेछाप नगरपालीका वडा नम्बर ७ को मुढेखोला र रजयछाप धनेघाटका स्थानियले अझैै बिजुलीको उज्यालो देख्न पाएका छैनन । बिगत आठ वर्ष अघि देखि उक्त ठाउमा बिद्युत बिस्तार थालिएको भए पनि अझै सम्म पनि सफल हुन सकेको छैन । ३ बर्ष अगाडि बिद्युत बल्नु पर्ने माग राख्दै प्रधिकरणमा डेलिगेशन जादाँ असार मसान्त सम्म बिद्युत दिने बताए पनि अहिले सम्म बत्ति बाल्न नपाईएको स्थानिय बिनोद श्रेष्ठले गुनासो गर्नुभयो ।

Advertisements
%d bloggers like this: