मन फेरि एकपल्ट कुनै ठुलो यद्ध जितेर आएकने सैनिको झै भयो ।

तन्नेरी चासोको  नगरकोटमा ३ दिने आइडिया शेयरिङ्ग तथा प्लानिङ्ग वर्कशप  कार्यक्रम सकिएपछि वैशाख ११ गते  तन्नेरी चासोमा आवद्ध साथीहरु सँग  सञ्जालले कसरी काम गर्ने भन्ने योजना बनाईसकेर छुट्टिएका थियौ । म सहित साथी रिता र कमला त्यो दिन काठमाण्डौ बस्ने कुरा नि भयो । काठमाण्डौमा हामी सँगै स्कुल पढेका साथीहरु धेरै थिए। फेसबुकमा ग्रुप च्याटमा सलाह भएको थियो । हामी भेट्ने तर सँगै पढेकी साथी उर्बशीको फोन आयो आज म आउदिन तिमीहरु भेट भनि मैले कमला र रितालाई यो कुरा बताए मलाई त खसै बस्न मन नि थिएन । मेरो अफिस नि छुटि थिएन कमलाको नि घरमा काम थियो । रिता को अफिस छुटि थियो बस्ने मन गर्दै थिइ तर मेरो र कमलाको करले उनि रामेछाप जाने भई रामेछाप जाने गाडि सबै छुटिसकेको थियो । मन्थली  सम्मको टिकट लियौ । मन्थलीबाट अर्को गाडि चढेर जाने सहमति सहित ।

मन्थली त पुग्यौ तर गाडि पाएनौ लागभग डेडघण्टा हिडन पर्ने भो हामीलाई त तिन घण्टा जस्तै लाग्यो त्यो खोलाको बगरमा वरपर बन मनमा डर थियो खसै त्यो बाटोमा कोहि नहिन्ने भएकोले हाम्रो मनमा डर थियो  । मेरो नि मन डरले भरिएको थियो तर  मैले केहि भनिन प्रष्टै देखिन्थ्यो कमला र रिताको मनमा डरको ज्वालाहरु अनि भन्थे अस्तीनै यहा हाम्रो गाँउको मान्छेलाई लखटेको थियो रे मैले नि सुनेको थिए त्यो साचो कुरा थिए लखाटिएका गाँउका अफन्त थिए ।

डर माननु सोभबिमक थियो त्यो एक त रातको समय अनि हामी तिन जाजै केटि थियौ । जति सक्दो पईला अगाडि बाढउनु थियो । धेरै नहिडेको करणले होला चाहे जसरी हामी हिडन सकिरहेको थिएनौ । मलाई त अतिनै गाह्रो भयो एउट ब्यागनि रिता र कमलाले बोकन दिए । न टर्च नै थियो मेरो त मोबइल दिउसो बाटै अफ थियो । रिताको मोबईलको टर्चले हामी जसोतसो गरेर रातको ९:४५ मा घर पुग्यौ । सबै सुतिसकुन्नु भएको थियो ।  कमला मेरो ठुलो बुबाको छोरी थिईन । उतै ठुलो बुबाको घर गए सबैले खाना खन अग्रह गरे मन छैन भने खुट्टा दुखेछ सुत्छु भने गएर सुते ।

भोलि पल्ट बैशाख १२ गते बिहन लागभग ८ बजे सम्म सुते सानो भाई  सुमित दिदी उठ्नुन तपाई ब्रत नबस्ने भन्दै थियो । म नबस्ने कुरा बताए अफिस नि नजाने निर्णय गरे । ठुलो बुबा घरमा घरमा पुज थियो । ठुलो बुबा बिदेशमा हुदा हजुरआमाको मृत्यु भएकोले सबै दाजुभाई चोखिए पनि ठुलो बुबाको भाग थियो । त्यसै करण १२ गते पुजा भएकाले बिहान देखिनै मान्छे को चहलपहल बढदै थियो ।

लगभग ११:१५  तिर ठुलो बुबाको घर गए सबै सग भेटे कुराकानि भयो ५ मिनेट गफ गरे अनि अफनो घर आए बेलुका खाना नखाकोले भोक लागेको थियो  खाना खाए । भाई बिक्रमले मोबइलमा नेटको सेटिङ मिलाई दिन भन्यो सँगै बसेर मिलान लागेउ हामी सगै दिदीको ४ बर्षिय छोरा र ५ बर्षियको भाई पनि थियो दुबै खेलिरहेका थिए ।

उता पुजामा पाती चडाउने बेला भएछ । कमला बिक्रम भाईलाई बोलाउन आई हलका हिजोको यात्राको कुरामा म सग ठट्टा गरेर के  पुजा भएको घरमा लागेकि के  थिई भुईचालो भन्दै फर्कि के गर्न गर्न बिक्रम भाई भग्यो म नि भाग्न के खोजे थिए तर सगै सानो भाई र दिदीको छोरा थियो ।एकलै भाग्न मनले दिएन । भाई र छोरा लाई सकिनसकि बोके लागभग ठुलो झटकामा रोड पुगिसकेथे । हेर्दाहेदै घर ढले के नै गर्न सक्नु हेरेर बस्नु शिबय । होहल्ला मच्यिो त्यस माथी पुजाको घर झन बिशेश पाती चढाउने बेला सब घर भित्र । पुजा भएको घर नजुक भएनि ढलि हालेको थिएन त्यस घर बाट सब सकुसल त्रासको मुद्रमा निस्कीए कुनै युद्ध जिते जस्तो । अर्का सगै भएको घर भने तहसनहस थियो । होस थिएन मेरो एकएक मेरो कानका एउटा शब्द पर्यो । अरु खै अरु भत्किएको घरमा झस्कीए म मेरो बहिनि पनि त्यहि घरमा काम गर्दै थिइन् ।

यो खै त्यो खै कतै रुवबासी चल्यो मैले मेरो बहिनि देख्न असफल भए । मलाई थाहा थियो जुन घरमा मेरी बहिनि थिई मेरै आँखा अगडि त्यो घर जग देखिनै भत्केको थियो । त्यो घर नयाँ थियो तर कमजोर ढलिहाल्यो । मेरो बहिनि लगएत एकजान अन्टि र ९ देखि १० ,११ बर्ष उमेरका ५,६ जाना साना भाईबहिनिहरु थिए । पुजाको लागी बिभिन्न सामाग्री बाउदै थिए । एकछिन सम्मको मेरो अलमल के गर्न गर्न पछि त्यो घरमा भएका पलैलो देखा परे । मन अलिक शान्त भयो । तर मेरी बहिनि छैन् । एकजाना बैनिलाई सोधे खै सानी दिदी उसको उतर उल्टै खै झन अतालिए सबै छन् । सबै देखे मेरो एक मात्र बहिनि छैन  । श्वासप्रश्वा बन्द भको झै भयो ।

त्यो भत्कीको घर बाट बाँच्न सफल एउटा भाईलाई हतार हतार साधे खै सुस्मीता सानो दिदी खै भनेर आउदै हुनु हुन्छ उ त्याहा देखे मन खुशि भयो । त्यस पछि सबलाई एकएक गरि खोजे सबै सकुसल जग बाटै भत्किएको घरमा पनि मानबिय क्षेति नभएको थाहा पाए । मन फेरि एकपल्ट कुनै ठुलो यद्ध जितेर आएक सैनिको झै भयो ।

फोन त आएको दिन बाटनै अफ थियो । त्यसैले कोहि सग नि सम्पर्कमा भईन । आश थियो सबै सकुसल हुनुहुन्छ भन्ने । बिस्तरै सबै आफन्त र साथीहरु सकुशल रहेको बिभिन्न माध्यम बाट थाहा पाए खुशी लाग्यो ।

सुमी दर्लामी रामेछापdownload

हाल पर्बत कुस्मा

Advertisements
%d bloggers like this: