जमिन चिरिएर धाँजा फाटेपछि रामेछापको फर्पु पनि पहिरोको उच्च जोखिममा ।।

जेठ २०,रामेछाप
विनासकारी महाभूकम्पसँगै जमिन चिरिएर धाँजा फाटेपछि पहिरोको उच्च जोखिममा परेको भन्दै रामेछाप फर्पुका स्थानिय बासिन्दाले बस्ती सार्न माग गरेका छन । आज जिल्ला प्रशासन कार्यलयमा निवेदन पेस गर्दै यस्तो माग गरिएको हो । बैशाख १२ को महाभूकम्प सँगै फर्पु गाविसको वडा नं। ४, ५ र ९ को अधिकांश भाग चिरिएर धाँजा फाटेपछि जोखिम बढेको हो । पहिरोको जोखिम बढेसँगै उक्तस्थानका ३१ घरपरिवार समस्यामा परेका छन् । मानव बस्ति भन्दा माथिल्लो भाग पनि झर्न लागेको र तलबाट पनि पहिरो बगेर जुनसुकै बेला तान्न सक्ने सम्भावना बढेपछि आफुहरु बिचल्लीमा परेको भन्दै उचित व्यवस्था सहित तत्काल सुरक्षीत स्थानमा सारिदिन स्थानियले जिल्ला प्रशासन रामेछाप सँग माग गरेका छन । यस्तै जिल्लाका १८ गाविसका ३९ वस्तिहरु पहिरोको जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्याङ्कले देखाएको छ ।

Advertisements
%d bloggers like this: