भुकम्पका कारण रामेछाप पुरानागाउँका ४० घर परिवार पहिरोको जोखिममा ।।

जेठ ६,रामेछाप

गएको बैशाख १२, १३ र २९ गते गएको बिनाशकारि भुकम्पका कारण रामेछापको पुरानागाउँ गाविस वडा नम्बर ९ बहुन्चुराको सनसारी पुज्ने डाँडादेखि थानापती सिद्धमहादेबको थानसम्मको भिर चर्केर खस्न लागे पछि त्यस आसपासका ४० घर परिवार जोखिममा पहिरोको उच्च जोखिममा परेका छन् । मगर र क्षेत्री समुदाय रहेको बस्तीमा भुकम्प पिडितहरुका लागि केही राहातको सामग्री पुगेकोे भए पनि सम्बन्धित निकायले जोखिममा परेको वस्तीलाई अन्यत्रै सार्नुपर्नेमा केही वास्ता नगरेको थानापति विकास समितिका अध्यक्ष राजकुममर बोहराले बताउनुभयो । यसैबीच भुकम्पकै कारण अवरुद्ध भएको सदरमुकाम मन्थलीबाट गोठागाउँ गाविसको गोठपानीसम्म जाने सडक सुचारु भएको छ । गोठगाउँ गाविसको कुकुरकाटे नजिक भालुखोलामा भुकम्पको कारणले गर्दा माथिबाट पहिरो खसेकाले सवारी साधनहरु चल्न सकेका थिएनन् । तर पहिरो पन्छाएपछि हिजोदेखि यातायात सेवा संचालन भएको हो ।

Advertisements
%d bloggers like this: