पीडितका लागि आएको राहत लुकाएको भन्दै रामेछापको बेतालीमा किचलो ।।

जेठ ३,रामेछाप
भुकम्प पीडित नागरिकका लागि लगिएको राहत सामग्री प्रहरीसहितको मिलेमतोमा लुकाइएको भन्दै रामेछाप जिल्लाको बेताली वडा नं। १ मा किचलो भएको छ । स्थानीयका अनुसार असई रामरेज नारायण यादवको जिम्मामा रहेको राहत सामग्री राखिएको कोठाको साँचो बेतालीका प्राविधिक सहायक बाबुराम घिमिरेले लिई त्रिपाल र खाद्य सामग्री लुकाएको भन्दै स्थानीयले विरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो । प्राविधिक सहायक घिमिरेले पीडितका लागि गएको मध्ये १० थान त्रिपालसहित काजु, नरिवलको प्याकेट अपचलन गरेको स्थानीय बासिन्दाको आरोप छ । घटनाको सत्यतथ्य बुझी अघि बढ्ने प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले बताउनुभएको छ । यसैबीच व्यवस्थापिका संसद अन्तरर्गतको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको टोली रामेछाप पुुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको चार सदस्यीय टोली हिजो साँझ रामेछाप पुगेको हो । टोलीले जिल्ला दैवी प्रकोप उद्धार समिति सहित सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट र छलफल गरी भुकम्पबाट भएको क्षति, उद्धार र राहत संकलनको तथ्याङ्क लिनुका साथै वितरणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रेस विज्ञप्तीमार्फत् जनाएको छ ।

Advertisements
%d bloggers like this: