रामेछापको थुम्कामा चट्याङ पर्दा एकै परिवारका ८ जना घाईते , १ को आवस्था गम्भिर ।।

बैशाख २५, रामेछाप
रामेछाप जिल्लाको रामेछाप नगरपालीका ८ थुम्कामा हिजोसाझ चट्याङ पर्दा एक परिवारका ८ जना घाईते भएका छन् । घाईते मध्ये १ जनाको अवस्था गम्भिर रहेका छ । सबै जना घरमा बसिरहेको बेला बेलुका चट्याङ पर्दा उनिहरु घाईते भएका हुन् । चट्याङ्मा परि बर्ष ५४ का दिल बहादुर भुजेल , उहाका श्रीमती ३४ बर्षिय लक्ष्मि भुजेल , २६ बर्षका सुनिता भुजेल, १८ बर्षका चन्द्र बहादुर भुजेल , बर्ष २२ का भिम बहादुर भुजेल र छोरीहरु ६ बर्षका सञ्जीता र बर्षिय सपना भुजेल घाईते भएका छन् । घाईते मध्ये दिल बाहादुर भुजेलको अवस्था गम्भिर रहेकोे छ । घाईतेहरुको जिल्ला स्वास्थ कार्यलय रामेछापमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Advertisements
%d bloggers like this: