शर्त विपरीत सडक निर्माणमा डोजरको प्रयोग ।।

फागुन १६,रामेछाप
मेसिनको प्रयोग नगरी उपभोक्ताले निर्माण गर्नुपर्ने सम्झौता भएको सडकमा राति डोजर लगाएर लाखौं रुपैया अपचलन गर्ने गरेको खुलासा भएको छ । जिल्ला विकास समिति मातहतको मन्थली नगरपालिका १३ मा निर्माणाधिन सडकमा डोजरको प्रयोग गरिएको छ । स्वीस सरकारको सहयोगमो विकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम मार्फत उक्त सडक बनाउन लागिएको हो । राति ८ वजे तिर रामेछाप विमानस्थलको पश्चिम तर्फको पहरामा डोजरले काम गर्न थालेपछि निर्माण व्यवसायीदेखि सरोकारवाला निकायका पदाधिकारीले त्यस बारेमा चासो राखेका थिए । उक्त सडकमा ३ घण्टा डोजर चलाईएको थियो । उपभोक्ता समितिले राति डोजर चलाएको कुरा खुलेपछि जिविसले काम रोकाएको छ । स्थानीय विकास अधिकारी, आयोजनाका ईन्जिनियर लगाएतले जानकारी पाएपछि राति अवेर डोजरले काम रोकेको थियो । उपभोक्ताले गैचि र छिनोको भरमा पहरा काटेर सडक खोल्नु पर्ने उक्त स्थानमा सोही वमोजिमको लागत ईष्टिमेट गरीएको छ । डोजर लगाउँदा बढी आम्दानी हुने भएकाले उपभोक्ता समिति त्यस तर्फ आकषिर्त भएका हुन् । स्थानीय विकास अधिकारी टेकराज निरौलाले उपभोक्ता समितिले डोजर लगाउने गरेको सुनिएकाले प्राविधिकलाई त्यसबारे बुझ्न भनिएको बताए । ईन्जियिनर अविन्द्र वस्नेत सहितको टोली डोजरले खनेको सडक अवलोकनका लागि साईटमा पुगेको जनाईएको छ । उपभोक्ता समितिका पदाधिकारीले भने उक्त डोजर अन्यत्र जाने सिलसिलामा उक्त सडकहुदै गएको र अघि बढन नसकेपछि आफ्ना लागि बाटो वनाउन काम गरेको बताएको छ ।

Advertisements
%d bloggers like this: