सार्वजनिक सेवामा बृद्धिको लागि हाते पुस्तिका वितरण ।।

फागुन ४,रामेछाप
स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना लागू भएका रामेछाप जिल्लाका १२ गाविसहरुमा नागरिकका अधिकार युक्त सेवा तथा सुविधा सम्बन्धि हाते पुस्तिकाको वितरण सुरु भएको छ । स्वीस सरकार विकास सहयोगको आर्थिक सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाले संयुक्त रुपमा प्रकाशन गरेको सो हाते पुस्तिका जिल्लाका गुम्देल, चुचुरे, भुजी, दुरागाउँ, बिजुलीकोट, गोठगाउँ, देउराली, रामपुर, खाँडादेवी, भीरपानी, पिङ्खुरी र दोरम्बा गरी १२ गाविसहरुका ८ हजार ९ सय ७४ घरधूरीमा वितरण भइरहेको छ । राज्यका ऐन नियम तथा निर्देशिका र कार्यविधिहरुले सुनिश्चित गरेका सार्वजनिक निकायहरु सँग सम्बन्धित अधिकारयुक्त सेवा र सुविधाको वारेमा नागरिकहरुलाई समान बुझाईको विकास गराउनुको साथै सार्वजनिक सेवामा नागरिकहरुको सहभागीता बृद्धि गराउने उदेश्यले नागरिकका अधिकारयुक्त सेवा तथा सुविधा सम्बन्धि हाते पुस्तिकाको वितरण थालिएको हो । जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिबाट प्रवाह हने सामाजिक सुरक्षा कार्यक्रम, ब्यक्तिगत घटना दर्ता, वाल संरक्षण अनुदान, लक्षित वर्गको कार्यक्रम, जिल्ला शिक्षा कार्यालयबाट प्रवाह गरिने छात्रबृत्ति, निः शुल्क शिक्षा त्यस्तै स्वास्थ्य कार्यालयबाट प्रवाह गरिने खोप, पोषण, सुरक्षित मातृत्व र कृषि कार्यालयहरुबाट प्रवाह गरिने राहत तथा क्षतीपूर्ति, कृषि प्रसार सेवा लगाएतका अधिकारयुक्त सेवा सुविधाको विषयमा हाते पुस्तिकामा सूचनाहरु राखिएको छ । साथै ती सेवाहरु लिन नागरिकहरु पूरा गर्नुपर्ने दायित्व एवं तोकिएका सेवा सुविधा प्राप्त गर्न कुनै समस्या आइपरेमा वा नपाएमा उजुरी गर्ने निकाय समेत उल्लेख गरिएको छ । फागुन १५ गतेसम्म वितरण गरि सकिने लक्ष्य राखिएको सो अभियानमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरु, सामुदायिक स्वयंसेवकहरु र असल शासन क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

Advertisements
%d bloggers like this: