रामेछापको सेलेघाटमा गएको सुख्खा पहिरो हटाउन थालियो ।।

माघ २१ ,रामेछाप

रामेछापको मन्थली नगरपालिका सेलेघाटमा हिजो साँझ गएको सुख्खा पहिरो आज बिहानैदेखि हटाउन थालिएको छ । पहिरो हटाउन रोमछाप र सिन्धुली दुबै जिल्लाका सुरक्षाकर्मी, सडक विभागका कर्मचारी र स्थानीयबासिन्दा जुटेका छन् । नौ बजेसम्म पूर्ण रुपमा सडक खुलिसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बाटो बन्द हुँदा यातायातका साधन बीच बाटोमै रोकिएका छन् । सिन्धुली र रामेछापको सीमास्थित सुनकोशी नदीको पुल नजिकै हिजो साँझ पाँच बजेतिर सुख्खा पहिरो गएको हो ।

पहिरो करिब २५ मिटर माथिबाट खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सुनकोशी नदीमा पक्की पुल बनेपछि वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै तराईका जिल्ला, काठमाडौं, ओखलढुंगा र सोलुखुम्बुसम्मको यातायातका साधन यही पुल पार गर्दै रामेछाप, मन्थली तथा दोलखा हुँदै चीनको सिमासम्म पुग्ने गरेका छन् ।

Advertisements
%d bloggers like this: