मिनी टाटा दुर्घटना हुदा १ जाना गम्भिर घाईते ।।

माघ १०,रामेछाप
रामेछाप नगरपालीका २ च्यास्कुमा ढुङ्गा लोड भएको बा ३ ख ३८२५ मिनी टाटा दुर्र्घटना हुदा १ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा च्यास्कुकै अन्दाजी २३ बर्षिय गाडी चालक निष्चल तामाङ रहेको जिल्ला प्रहरी कार्यलय रामेछापका शहि दान बहादुर कटुवालले जानकारी दिनु भयो । रामेछाप नगरपालीका २ च्यास्कु बाट ढुङ्गा लोड गरी रामेछाप बजार आउने क्रममा च्यास्कुकै छाप भन्ने स्थानमा र्दुघटना भएको साहिले बताउनु भयो । दुर्घटना लगतै घाईते तामाङलाई उपचारको लागी जिल्ला अस्पताल रामेछाप ल्याईएपनि घाईतेको छाती र टाउकोमा असर देखिएकाले सामान्य उपचार पछि काठमाण्डौ रिफर गरीएको अस्पतालले जनाएको छ । गाडि छापबाट अन्दाजी १०० मिटर तल खसेको बताईएको छ ।।
तैस्तै रामेछाप नगरपालीका ५ रामेछाका दुर्ग बाहादुर श्रेष्ठ आफ्नै घरको भर्याबाट खस्दा गम्भिर घाईते भएका छन् । बिहान करिब ११ बजे कामका लागी आफ्नै घरको भर्याङ चढ्ने क्रममा भर्याङबाट लडेर गम्भिर घाईते भएका हुन् । घाईते श्रेष्ठको टाउको र छातीमा असर परेको जिल्ला अस्पताल रामेछापले जनाएको छ । अन्दाजी ६२ बर्षिय श्रेष्ठ प्रेसरको रोगी भएको र भर्याङ चड्ने क्रममा चक्कर लागी लडेको हुन सक्ने शहि दान बहादुर कटुवालले बताउनु भयो ।

Advertisements
%d bloggers like this: