रामेछाप नगरपालिकाको औपचारिक उद्घाटन तथा प्रथम नगर परिषद सम्पन्न।।

३० पुस,रामेछाप

रामेछाप नगरपालिकाको आज औपचारिकमा प्रथम नगर परिषद सभाअध्यक्ष नि कार्यकारी अधिकृत फडिन्द्र कुमार महतारा तथा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनीको प्रमुख आथिथ्यता र स्थानिय विकास अधिकारी टेक राज निरौलाको विशेष आथिथ्यतामा नगरपालिकाको उद्घाटन भएको छ ।कार्यक्रममा चालु आ व मा नगरपालिकाको आन्तरिक आय , नेपाल सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान रकम  मध्ये २ करोड ५४ लाख ७० हजार आय रहने र त्यस मध्ये १८ लाख १९ हनजार आलु खर्च,समाजिक सुरक्षा भत्तामा १ करोड ९४ लाख ३६ हजार र पँुजीगत तर्फ ४२ लाख २५ हजार विकास निमार्ण तर्फ खर्च गर्ने भएको छ । त्यसै गरी आगामी आ व २०७२÷ ०७३ का लागी? करिव  ८ करोड १४ लाख २६ हजार वजेट प्रस्तावित गरेको छ । जस मध्य रु ४० लाख चालु तर्फ ।सामाजिक सुरक्षा भत्तामा रु १ करोड ९४ लाख २६ हजार र रु५ करोड ८० लाख पुँजीगत विकास तर्फ खर्च गर्ने गरी आय व्य प्रस्तेत गरेको थियो । त्यसतै आ व २०७२÷०७३ को लागी पुँजीगत वजेटबाट सिलिँग रु ५ करोड ८० लाख ,कार्यालय भवनका लागी रु १ करोड ,सवारी साधनका लागी ३० लाख फोहोर मैला व्यवस्थापनका उपकरण – बु्रमर,सक्सन ट्याँकर ,स्काईभेटर )का लागी ३० लाख,फर्निचर कार्यालय उपकरण का लागी ३० लाख दमकल रु १ करोड ,नगर यातायातच गुरु योजना रु १० लाख सहरी पुर्वाधार विकासका लागी ३ करोड सामाजिक सुरक्षा भत्तामा १ करोड ९४ लाख २६ हजार र संचालन अनुदान तर्फ ४० लाख विनियोजन वजेट नि कार्यकारी अधिकृत फडिन्द्र कुमार महतारा प्रस्तुत गर्नु भएको  थियो । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यलयको प्रमुख प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि , शिक्षक विद्यार्थी ,समाजसेवी ,वुद्धिजिवी, लगाएतको उपस्थिती रहेको थियो ।

Advertisements
%d bloggers like this: