रामेछाप गेलुमा आगलागि एक घर जल्यो ।

पुस २४,रामेछाप

रामेछापको गेलु गाबिस। वडा न। १ घुर्पाङमा आगलागि हुँदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।स्थानिय आसमान कार्किको घरमा आज बिहान ५स्३० बजे गोठमा बालेको आगो सल्किए पछि घर जलेर नष्ट भएको हो ।आगलागीबाट दुईतले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएका अन्नपात लत्ताकपडा र भाडाँकुँडा समेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको पिडित कार्कीले बताए । स्थानियबासिको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । अहिले पिडित परिवार पालटाँगेर बसेको स्थानियले जानकारी दिए ।

Advertisements
%d bloggers like this: