रामेछापमा किसानलाई पशु विमा वापत ४५ हजार रकम हस्तान्तरण ।।

२२ पुस, रेडियो रामेछाप

जिल्ला पशु सेवा कार्यालय रामेछापले एक किसानलाई पहिलो पटक पशु विमा वापतको रकम हस्तान्तरण गरेको छ । मन्थली नगरपालीका २ स्थित ओम गाई फर्मका कृषक बाबुराम खड्काले बीमाबापत  ४५ हजार रुपियाँ पाउनुभएको हो । जिल्ला पशु सेवा कार्यालयका अनुसार नेपाल जनरल इन्स्युरेन्स कम्पनीमार्फत् ५० हजार रुपियाँको विमा गरिएको गाई गत असोजमा रोग लागेर मरेपछि कृषक खड्काले रकम प्राप्त गरेका हुन् । पशु सेवा कार्यालय रामेछापका प्रमुख ज्ञानबहादुर थापाले पशुपालक किसानलाई चेक उपलब्ध गराउनुभएको हो । पालेका ३१ मध्ये १३ पशुको विमा गर्नुभएका कृषक खड्काले विमा वापतको रकम पाएपछि खुसी लागेको र अरु पशुबस्तुको पनि विमा गर्ने योजना भएको बताउनुभयो । पशु कार्यालयका अनुसार पशु विमा गराउने कृषकको प्रिमियममा नेपाल सरकारले ७५ प्रतिसत अनुदान दिने व्यवस्था रहेको छ भने विमा गरेको पशु मरेको अवस्थामा विमा रकमको ९० प्रतिसत रकम दिने व्यवस्था छ । जिल्लामा यस आर्थिक बर्षमा ७९ पशुको विमा गरिएको छ ।

Advertisements
%d bloggers like this: