रामेछापमा छड्के जाँचको क्रममा २५ जना कर्मचारी अनुपस्थित ।

पौष २२,रामेछाप

जिल्ला प्रशासन कार्यालयले रामेछापले सदरमुकाम मन्थलीमा रहेका सरकारी कार्यालयमा गरेको छड्के जाँचको क्रममा २५ जना कर्मचारीहरु अनुपस्थित भएको पाइएको छ । कार्यालयले सोमबार विहान १० बजेदेखि ११ बजेसम्म जिल्लाको १६ वटा सरकारी कार्यालय तथा संस्थानहरुको छड्के जाँचको क्रममा २५ जना कर्मचारी अनुपस्थित भएको पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोख्रेलका अनुसार अनुपस्थित भएका कर्मचारीहरुलाई स्पष्टीकरण सोधि नियमबमोजिम आवश्यक कारवाही गरिनेछ ।

Advertisements
%d bloggers like this: