अलैची उत्पादन कम भयो ।

रामेछाप, पुस १९

अघिल्लो वर्षको तुलनामा रामेछापमा लगाएको अलै‌ची उत्पादन आधाले घटेको छ । लामो खडेरीका कारण जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत चुचुरे, वाम्ती, गुम्देल, कुभुकास्थली, प्रिती लगायतका गाविसमा लगाएको अलै‌ची उत्पादन कम भएको हो ।गत वर्षको तुलनामा यस वर्ष अलै‌ची आधाले कमी भएको वाम्तीका रोकटवहादुर बस्नेतले बताउनु भयो । बस्नेतको अनुसार विगत दश वर्षको अनुभवमा सबैभन्दा कम उत्पादन यसवर्ष मात्रै भएको हो ।गत वर्ष एक किसानले १३ लाख रुपैयाँसम्म अलै‌ची बिक्री गरेर आम्दानी गरेकोमा यसवर्ष ६ लाख बराबरको मात्र अलै‌ची उत्पादन भएको वाम्तीका कृषक दीनेश कार्कीले बताउनु भयो । गतवर्षको अनुपातमा अलैंची उत्पादनमा कमी भएपनि उत्पादन भएको अलैचीको मूल्य भने विगतवर्षहरुको तुलनामा यस वर्ष उच्च भएको कार्कीले जानकारी दिनु भयो ।विगत वर्षहरुमा १ हजार ६ सय रुपैयाँ किलोसम्म बिक्री भएको अलैची यसवर्ष २ हजार २ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ ।

Advertisements
%d bloggers like this: