चिसोका कारण रामेछापका सात विद्यालय बन्द ।

रामेछाप, पुस १८

 अत्याधिक चिसो बढेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्ने गुम्देल र वाम्ती गाविसका सात वटा विद्यालय एकमहिनाका लागि पूर्णरुपमा वन्द भएका छन् ।हिमपातसँगै चिसो वढेपछि उत्तरी क्षेत्रका गुम्देल गाविसका महालगुंर उमावि, हिमालय प्रावि लाछयौर, उमातिर्थ निमावि क्यामा, पवित्रा नुम्वुर प्रावि तिक्षीम र वालिङ प्रावि गुम्देल एक महिनाको लागि वन्द भएका छन् । त्यसैगरी अत्याधिक चिसोका कारण वाम्ती गाविसका बौद्ध प्रावि सिम र थेदुङ प्राविवाम्तीका दुई विद्यालयहरु पनि वन्द गरिएको छ ।विद्यालय बन्द गरेर सम्वन्धित विद्यालयका प्रअहरुले टेलिफोनमार्फत जानकारी दिएको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको  छ । चिसोका कारण वन्द भएका विद्यालयहरुले बर्खे विदा कटौती हुने गरी विद्यालय वन्द गराएको हुनसक्ने जिल्ला शिक्षा कार्यालय रामेछापका विद्यालय निरिक्षक विमल निरौलाले बताउनुभयो ।

Advertisements
%d bloggers like this: