मन्थली नगरपालिका वडा नम्बर ७ को योजना छनोट ।

पौष १६,रामेछाप

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ को वडा भेलाले ८१ लाख ६३ हजार रुपैयाँको योजना छनोट गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सो योजना छनोट गरिएको हो । जसबाट सडक निर्माणको लागि ४५ लाख, सिंचाईको लागि ५ लाख ६५ हजार, शिक्षाको लागि ८ लाख ५० हजार, स्वास्थ्यको लागि १० लाख ४८ हजार, खानेपानीको लागि ५ लाख, कृषिको लागि २ लाख, धार्मिक स्थल निर्माण एवं मर्मतको लागि ५ लाख रुपैयाँ रकम खर्च गर्ने जनाइएको छ । कार्यक्रम वडा नागरिक सचेतना केन्द्रका संयोजक भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Advertisements
%d bloggers like this: