गोठगाउँ गाविसको गाउँपरिषद सम्पन्न ।

पौष १६,रामेछाप

रामेछाप जिल्लाको गोठगाउँ गाविसको गाउँपरिषद सम्पन्न भएको छ । परिषद नेपाली काँग्रेस रामेछापका १ नम्बर क्षेत्रका क्षेत्रिय सभापति लेखबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७०÷०७१ को कार्यक्रम स्वीकृत तथा आर्थिक वर्ष २०७१÷७२ को योजना तर्जुमा गरिएको छ । कार्यक्रममा गाविस सचिव सेवक घिमिरेले गाविसको बजेट १९ लाख २५ हजार रुपैयाँ रहेको जानकारी गराउनु भएको थियो । त्यसैगरी सामुदायीक जनशक्ति विकास कार्यक्रम गोल्माटार मार्फत गरिवी निवारण कोषको २३ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । परिषदले लक्षित वर्ग, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाईमा पनि बजेट छुट्याइएको छ । कार्यक्रममा गाविसस्थीत राजनीतिक दलका प्रतिनिधि, सामुदायिक संघसंस्थाका प्रतिनिधि, नागरिक मञ्चका प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।

Advertisements
%d bloggers like this: