रामेछापमा भूकम्प सुरक्षा दिवस मनाउन समिति गठन ।

पौष १५,रामेछाप

रामेछाप जिल्लामा जिल्ला दैविक प्रकोप उद्दार समितिको बैठकले राष्ट्रिय भूकम्प सुरक्षा दिवस एक महिनासम्म विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । नसोचेको बेला आउँछ है भूइचाले, पूर्व तयारीमा जुट्ने हामी सबैको पालो भन्ने मूल नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गरि दिवस मनाउने बैठकले निर्णय गरेको छ । कार्यक्रम अनुसार हरेक गाविसमा गाविस सचिवको संयोजकत्वमा दिवस मनाउने समिति गठन गरि कार्यक्रम गर्ने, विद्यालय स्तरमा सचेतना कार्यक्रम गर्ने र जिल्लामा विभिन्न कार्यक्रम गरिने भएको छ । जिल्लामा भूकम्पबाट बच्नको लागि अपनाउने उपाय, जोखिम न्यूनिकरणका बारे जानकारी र अभ्यास तथा र्याली लगायतका कार्यक्रम सञ्चालन गरिने छ । यसको लागि रेडक्रस, विभिन्न सामाजिक संस्था लगायतले मूल समितिसँग समन्वय गरी कार्यक्रम गर्नेछन् । प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा मूल समिति गठन भएको छ । साथै स्थानीय सञ्चार माध्यमले पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरु प्रशारण र प्रकाशण गर्ने छन् । कार्यक्रम पुस १६ देखि माघ १५ सम्म मनाइने छ । नेपालमा वि।सं। १९९० सालमा गएको महाप्रलयकारी भूकम्पको सम्झनामा माघ २ लाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाईने गरिन्छ । यो दिवस राष्ट्रिय रुपमा मनाउन लागेको १७ वर्ष पुगेको छ । माघ २ लाई प्रमुख दिन मानि सो दिन विहान प्रभातफेरी र प्रवचन कार्यक्रम राखिएको छ ।

Advertisements
%d bloggers like this: